site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डाटा सेन्टर र क्लाउड सेवा प्रदायकलाई सूचीकृत हुन सूचना–प्रविधि विभागको निर्देशन

काठमाडौं । सरकारले डाटा सेन्टर र क्लाउड सेवा प्रदायकलाई सूचीकृत हुन निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले मंगलबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

सरकारले माघ १५ गते डाटा सेन्टर तथा क्लाउड सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०८१ स्वीकृत गरेको थियो ।

निर्देशिका जारी भएको ६ महिनाभित्र विभागमा दर्ता भइसक्नुपर्ने व्यवस्था छ ।

सोही अनुसार निर्देशिकामा उल्लेखित कागज र विवरणसहित सूचीकरणका लागि निवेदन दिन विभागले पत्राचार गरेको हो ।

सूचना प्रविधिको प्रयोगमार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डाटाहरूको सुरक्षित तथा गोपनीय तवरले देशभित्र भण्डारण गर्न प्रोत्साहित गर्न निर्देशिका ल्याएको विभागले जनाएको छ ।

डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूलाई सूचीकृत गरी सोको व्यवस्थापनमार्फत सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरिएको हो ।

यससँगै अब देशमा कति डाटा सेन्टर सञ्चालनमा छन् । तिनको स्तरबारे सरकारले जानकारी एवं निगरानी राख्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro