site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमडीएमएस भ्रष्टाचार : दिगम्बर झाविरुद्धको मुद्दामा आज फैसला आउन सक्ने 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित विभिन्न व्यक्तिविरुद्ध परेको मुद्दामा आज फैसला आउने सम्भावना रहेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको थियो । 

एक महिनादेखि विशेष अदालतमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको मुद्दामा आज फैसला आउने सम्भावना रहेको हो । 

मुद्दामा विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ । 

एमडीएमएस परामर्श सेवा खरिदमा अनियमितता भएको दाबीसहित झासहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० चैत १५ मा मुद्दा दायर गरेको थियो ।

एमडीएमस परामर्श सेवा खरिदमा सार्वजनिक खरिद ऐन र कार्यविधिले तोकेका प्रक्रिया पूरा नगरेको, सेवा खरिद गरिएको न्युमेरा जेभीसँग भएका सम्झौताका कागजात लुकाएकोसहित आरोपमा ९१ करोड ९८ लाख ३० हजार बिगो कामय गरी मुद्दा दायर गरेको छ ।

आयोगले एमडीएमस खरिदमा खर्च भइसकेको २३ करोड २० लाख ६९ हजार असुल गर्न माग गरेको छ । आयोगले झा र पुरुषोत्तम खनालले खरिद प्रक्रियामा दूरसञ्चार प्राधिकरणको प्राविधिक मूल्यांकन प्रतिवेदन, प्रतिवेदनउपर भएको निर्णय, आर्थिक प्रस्ताव खोल्ने निर्णय, मुचुल्कामार्फत पेस गरेको आर्थिक प्रस्तावसहितका कागजातसमेत गायब पारेकाले उनीहरूलाई थप सजायसमेत मागदाबी गरिएको छ ।

अख्तियारले तत्कालीन अध्यक्ष झासहित पुरुषोत्तम खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, निर्देशक मीनप्रसाद अर्याल, उपनिर्देशक विनोदचन्द्र श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।

निर्देशक दीपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सन्दीप अधिकारी, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल र सहायक निर्देशक नीराजन कोइराला पनि प्रतिवादी छन् । 

एमडीएमएस परामर्श सेवा खरिद प्रक्रियामा कम्पनीतर्फ संलग्न दातुक मोहम्मद नुर अमिन, दातुक मोहम्मद शिहाब, अनुज सिंह, जमिल अहमद र कवीन्द्र राज मल्लविरुद्ध पनि मुद्दा परेको छ । न्युमिरा नामका दुईवटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro