site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– तत्काल वर्षा गराउने प्रणाली विकास हुँदै छ ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । यद्यपि, धेरै स्थानमा मुख्यतया मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखी २५ डिग्री सेल्सियस पुग्नेछ । “काठमाडौंमा आज वर्षाको सम्भावना छैन । तर, मौसम आंशिक बदली हुनेछ,” मौसमविद् हरिप्रसाद दाहालले बाह्रखरीसँग भने । 

उनका अनुसार तत्काल कुनै नयाँ प्रणाली विकास भएर वर्षा हुने सम्भावना छैन । 

“तत्काल कुनै प्रणाली विकास भएर वर्षा गराउने सम्भावना छैन,” उनले भने, “प्रि–मनसुनमा पहाडी भूभागमा सामान्य वर्षा हुनु स्वभाविक हो । तर, देशभर वर्षा हुने प्रणाली तत्काल विकास हुने देखिँदैन ।” 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro