site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारसँगै घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजारमा आज पनि कारोबार घटेको छ । मंगलबार ३० अंक घटेको बजारमा बुधबार (आज) २५.१६ अंक घटेको हो । आज समग्र बजार मापक २,८२१.१३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आज ६२ कम्पनीको सेयरमूल्य बढ्दा १७४ कम्पनीको घटेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । यसदिन १० अर्ब ९७ करोड रुपैयाँ बराबरको दुई करोड ३३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबार १२ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

समाज लघुवित्त र गार्डियान माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस्तै, माउन्टेन हाइड्रो, गुँरास लघुवित्त, सामुदायिक लघुवित्त उच्च कमाउने शीर्ष स्थानमा रहे ।

यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रो उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।

समूहगत सूचकतर्फ व्यापारबाहेक बाँकी सूचक राताम्मे रहे । व्यापार सूचक ०.४३ प्रतिशत बढेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro