site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, कुलमानबारे निर्णय होला ?
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दिपक खड्कामार्फत पटकपटक स्पष्टीकरण सोधिसकेको छ । अन्तिम स्पष्टीकरणको जवाफमा घिसिङले आफूलाई मन्त्रिपरिषद्ले मात्र हटाउन सक्ने जवाफ फर्काएका छन् ।

सचिवालय स्रोतले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विषय रहे/नरहेको खुलाएन ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro