site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारखानाबाट १२० थान खुकुरी चोरी, तीनजना पक्राउ

काठमाडौं । सीतापाइलास्थित एक खुकुरी कारखानाबाट १२० थान खुकुरी चोरी भएको छ । फागुन १६ गते सीतापाइलास्थित भेषबहादुर कामीले सञ्चालन गरेको खुकुरी कारखानाबाट खुकुरी चोरी भएको हो । 

आफ्नो कारखानाबाट खुकुरी चोरी भएको भन्दै कारखाना सञ्चालकले प्रहरी वृत्त स्वयम्भूमा निवेदन दिएका थिए । प्रहरी वृत्त स्वयम्भूले अनुसन्धानका क्रममा मंगलबार तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ, धुनिबेसीका २७ वर्षीय राजकुमार तामाङ, रौतहट, रघुनाथपुरका ३३ वर्षीय शेख जफ्रे आलम र रौतहटकै चपुरका २३वर्षीय लाल मोहमद देवान छन् । प्रहरीले उनीहरूलाई कामपा–१५ रामघाट पुलबाट पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा निजहरुले चोरी गरेको खुकुरी ललितपुर सानेपास्थित कोठामा लुकाईछिपाई राखेको प्रहरीले पत्ता लगाएको छ । 

प्रहरीले उनीहरूको कोठा खानतलासी गरी फलामको खुकुरी ४५ थान, साइकल तीन थान, फलामको हथौडा एक थान, इलेक्ट्रिक तराजु एक थान, फलामको रड एक थान, लिभर एक थान र नगद तीन हजार नौ सय रुपैयाँ बरामद गरेको छ । 

पक्राउ परेका तीनैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला परिसर काठमाडौंले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro