site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमालेको मुख्यालय नजिक स्वर्गद्वारी गुठी पीडितको प्रदर्शन

काठमाडौं । आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले नेकपा (एमाले)को मुख्यालय च्यासल नजिक प्रदर्शन गरेको छ । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले मंगलबार च्यासलमा प्रदर्शन गरेका हुन् ।

मोही किसानहरूलाई मोही पुर्जा दिनुपर्ने उनीहरूको माग छ । उनीहरूले 'दुईबुँदे सहमति कायान्वयन गर', 'मोही हक खोस्न पाइँदैन'लगायत नारा लगाएका थिए ।

संघर्ष समितिका कोषाध्यक्ष शेरबहादुर चौधरीले पुस्तौँदेखि भोगचलन गरिरहेको जमिनको स्वामित्व पाउन नसकेपछि आन्दोलन गर्नुपरेको बताए ।

स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये ७५३ बिगाह जग्गामा मोही कायम छ । मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro