site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टीकाथलीमा बोरिङ खन्दा निस्कियो आगोको ज्वाला

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथलीमा पानीका निम्ति बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । मंगलबार (फागुन २०) टीकाथलीको गोदावरी खोलानजिक खानेपानीको बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको हो ।

बोरिङ खन्ने क्रममा एक्कासि आगोको मुस्लोसहितको ग्यास निस्किएपछि स्थानीय त्रसित भएका छन् । आगोको ज्वालापछि बोरिङ खन्ने काम रोकिएको छ ।

पानीका निम्ति बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाका केही स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro