site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
क्रिकेटर अभिनाश बोहरा सक्सेसका ब्रान्ड एम्बासडर 

सिड्नी । अस्ट्रेलियामा विद्यार्थी भिसा, सीपयुक्त आप्रवासन र करियर परामर्श सेवा प्रदान गर्दै आएको सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेजले नेपाली क्रिकेट खेलाडी अभिनाश बोहरालाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सिड्नीस्थित सर्भिसेजको कार्यालयमा एक कार्यक्रमबीच अभिनाशलाई ब्रान्ड एम्बासडर घोषणा गरिएको हो ।

सक्सेसका सिड्नी ब्रान्च निर्देशक इथान शाक्य र क्रिकेटर अभिनाशले त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । अभिनाशजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीलाई सक्सेसमा जोड्न पाउनु आफूहरूका निम्ति गर्वको विषय रहेको शाक्यले बताए ।

सक्सेससँगको सहकार्यबारे अभिनाशले भने, “शिक्षा र खेलकुद दुवैले उज्ज्वल भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यस संस्थासँग जोडिन पाउँदा सम्मानित महसुस गरेको छु ।”

अभिनाश नेपाली दाहिने हाते तीव्र–मध्यम गतिका बलर हुन् । उनी सन् २०१९ देखि राष्ट्रिय क्रिकेट टिमको सदस्य रहँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro