site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडा, मेक्सिको र चीनमा आजदेखि कर लगाउँदै अमेरिका, चीनले दियो यस्तो प्रतिक्रिया 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने उत्पादनहरूमा कर लगाउने घोषणा आजदेखि लागु हुने बताएका छन् ।

मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ ।

चीनमा थप १० प्रतिशत कर लगाइनेछ । “मेक्सिको वा क्यानडाको लागि अब समय बाँकी छैन,” ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने । शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएको छ । भोलि (मंगलबार)देखि लागु हुनेछन् ।”

समाचार संस्था रोयटर्सका अनुसार चीनले अमेरिकाको यो कदमको विरोध गरेको छ । बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकाले घातक औषधि फेन्टानिलमाथिको आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको बताएको छ । 

कर लगाउने समाचारपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ ।

क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनहरूमा अमेरिकामा पहिलेभन्दा बढी आयात शुल्क लगाइनेछ । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro