site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनलाई सैन्य सहयोग बन्द गर्दै अमेरिका : ब्लूमबर्ग रिपोर्ट

काठमाडौं । ह्वाइट हाउसले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले भनेको छ ।  

“युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता नजनाएसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ,” ब्लूमबर्गले रिपोर्ट गरेको छ ।

यस प्रतिवेदनमा अहिलेसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् ।

ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ । यसमा पोल्यान्ड पुगेका सामानहरू पनि समावेश छन् ।

गतहप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रूत गतिमा परिवर्तन आएको छ । बीबीसी  
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro