site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा–ल्हासा उडान सुरु गर्दै हिमालय एयर, हप्तामा एक उडान हुने
फाइल तस्बिर ।

काठमाडौं । हिमालय एयरलायन्सले पोखरा र ल्हासाबीच उडान गर्ने भएको छ । एयरलायन्सले हप्तामा एक उडानको तयारी गरेको हो । उडान मार्च ३१ देखि सुरु हुनेछ ।

“हामीले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हप्तामा एउटा उडान सञ्चालन गर्दैछौँ,” एयरलायन्सले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

पहिलो उडान मार्च ३१ बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा गोंगर विमानस्थलमा पुग्ने र सोही दिन ल्हासा–पोखरा उडान दिउँसो १ः१५ हुने जनाइएको छ ।

“हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो,” हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro