site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
तेस्रो टीका कार्की स्मृति कप भलिबल : महिलातर्फको उपाधि म्याग्दीकालीलाई

सिड्नी । तेस्रो टीका कार्की स्मृति कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि म्याग्दीकाली युनाइटेडले जितेको छ । बागलुङ समाज अस्ट्रेलियाले आइतबार सिड्नीमा आयोजना गरेको महिला र पुरुष (भेट्रान) भलिबल प्रतियोगितामा महिलातर्फ म्याग्दीकाली युनाइटेडले ढोरपाटन भलिबल क्लबलाई ३–२ सेटले हराएर उपाधि उचालेको हो ।

राष्ट्रिय खेलाडी प्रतिभा मालीसहित उत्रिएको म्याग्दीले पछिल्ला तीनवटै सेट जितेर उपाधि सुरक्षित गरेको हो । अर्की राष्ट्रिय खेलाडी सरस्वती चौधरी पनि सोही टिमको जर्सीमा देखिएकी थिइन् । तर, एक टिमबाट एक जनामात्र राष्ट्रिय खेलाडी खेल्न पाउने नियमका कारण उनी मैदान बाहिर रहिन् ।

समय अभावका कारण पुरुष (भेट्रान)तर्फको सेमिफाइनल र फाइनल खेल अर्को साता खेलाइने बागलुङ समाज अस्ट्रेलियाका अध्यक्ष विकास सापकोटाले बताए ।

पुरुषतर्फ म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलिया फाइनल प्रवेश गरिसकेको छ । गोल्डेन ब्वाइज र छन्त्याल परिवार अस्ट्रेलिया (सीपीए) बीचको सेमिफाइनल खेल १–१ सेटको अवस्थाबाट सुरु हुनेछ ।

"समय अभावका कारण सेमिफाइनलको बाँकी खेल र फाइनलसँगै पुरस्कार वितरण अर्को साता हुनेछ," अध्यक्ष सापकोटाले भने ।

प्रतियोगितामा महिलातर्फ ६ र पुरुष (भेट्रान)तर्फ १० टोलीको सहभागिता थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro