site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले काठमाडौंको कमलादीमा १६औँ राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डीके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पनि सहभागी हुने उनको भनाइ छ ।

अध्यक्ष ढुंगानाका अनुसार, महाधिवेशनमा शुभेच्छुक संस्था, विदेशी तथा शुभेच्छुक पनि सहभागी हुने तय भएको छ । यसपटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र एक हजार ५०४ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, ४० जना पर्यवेक्षक रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताए ।

अध्यक्ष ढुंगानाले सबै गरी दुई हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro