site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा माइक्रो दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते

काठमाडौं । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
 
दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । “एकजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । प्रहरीद्वारा उद्धार भइरहेको छ,” उनले भने ।
 
मनकामना मन्दिरमा दर्शन गर्न हिँडेका यात्रु सवार रहेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro