site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अस्पतालबाट डिस्चार्ज भइन् शिक्षामन्त्री भट्टराई, घरमै आराम गर्दै
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले केहीदिन घरमै आराम गर्ने भएकी छन् । नौदिन लामो अस्पताल बसाइपछि उनी आइतबार डिस्चार्ज भएकी हुन् ।

चिकित्सकले केहीदिन घरमै आराम गर्न सल्लाह दिएको त्रिवि शिक्षण अस्पतालकी प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिइन् । घाँटीको संक्रमणपछि फागुन ९ गते अस्पताल भर्ना भएकी मन्त्री भट्टराई हालसम्मको परीक्षणमा कुनै जटिलता नदेखिएको पनि गुरुङले बताइन् ।

बायोप्सीको रिपोर्ट आउन अझै एक–दुई दिन लाग्ने अस्पतालले जनाएको छ । घाँटीको ग्रन्थी (ग्ल्यान्ड)मा संक्रमण बढेपछि बायोप्सी परीक्षण गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro