site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–७, गोल्मढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ । जगातीबाट साँगातर्फ जाँदै गरेको बा४१प ३३४ नंको मोटरसाइकलले सूर्यविनायक नगरपालिका–८, जगाती पुल नजिक ठक्कर दिँदा तुसिबाखको मृत्यु भएको हो ।

सोही मोटरसाइकलकै ठक्करबाट अन्य तीनजना घाइते भएका छन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro