site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो
फाइल तस्बिर ।

मुगु । हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आइतबार (आज) साँझदेखि पुनः सञ्चालन भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारदेखि सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेना खटिएको थियो ।

सडक सञ्चालन भएपछि मुगुबाट अन्य जिल्ला जाने र मुगुतर्फ आउने मालबाहक तथा यात्रुबाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रारा ताल घुम्न आएका पर्यटक सडक अवरुद्ध हुँदा तीन दिनदेखि बुलबुलेमा बास बसेका थिए ।

“अब सडक सञ्चालन भयो, रारा आउने पर्यटक, साना–ठूला सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन्,” प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । भलभुले, सात मोड र जिअ भिड क्षेत्रमा चार किमी सडकको हिउँ र पहिरो हटाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।

कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिकस्थलहरू छायाक्षेत्र, रिणिमोक्ष र थार्पमष्टा पुगिन्छ । नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा हिउँद र बर्खामा सधैँ अवरुद्ध हुने गरेको छ । रासस

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro