site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्प र जेलेन्स्कीबीचको बहसपछि अमेरिकामा युक्रेनको समर्थनमा प्रदर्शन

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा तीन नेताहरूबीच चर्को बहस भएको थियो ।

सो बहसलाई लिएर अहिले सयौँ मानिसहरू न्युयोर्क, लस एन्जलस र बोस्टनमा भेला भइ युक्रेनको समर्थनमा प्रदर्शन गरेका छन् ।

भर्मन्टको वेट्सफिल्डको एउटा सडकमा प्रदर्शनकारीहरू युक्रेन समर्थक नारा लेखिएका प्लेकार्ड बोकेर उभिएका छन् । उपराष्ट्रपति जेडी भान्स आफ्नो परिवारसँग बिदा मनाउन र स्की गर्न यहाँ आएका थिए ।

अमेरिकी मिडियामा आएका रिपोर्टका अनुसार, यो प्रदर्शनपछि उपराष्ट्रपति र उनको परिवारलाई अज्ञात स्थानमा पठाइएको छ ।
“जेडी भान्सले सीमा नाघेका छन्,” एक प्रदर्शनकारी कोरी गिरोक्सले शुक्रबार ओभल अफिसमा भएका घटनाहरूको बारेमा भनिन् ।

उपराष्ट्रपति जेडी भान्सको परिवारको भ्रमणअघि भर्मन्टका गभर्नर फिल स्कटले राज्यका जनतालाई ‘उनीहरू (जेडी भान्सको परिवार) लाई सम्मानपूर्वक व्यवहार गर्न’ अपील गरेका थिए । बीबीसी

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro