site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले गाजामा मानवीय सहायता सामग्रीको प्रवेशमा किन प्रतिबन्ध लगायो ?
फाइल तस्बिर ।

नयाँदिल्ली । इजरायलले गाजामा मानवीय सहायता सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले गाजा युद्धविराम सम्झौताको पहिलो चरण लम्ब्याउने अमेरिकी प्रस्तावलाई हमासले अस्वीकार गरेको कारण यो निर्णय लिइएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदीहरूको निस्तार चाडका लागि युद्धविरामको अवधि ६ हप्ता विस्तार गरिएको थियो ।

इजरायली सरकारले केही घण्टाअघि मात्रै यसलाई समर्थन गरेको थियो । तर हमासले वार्ता पूरा गर्नु र विद्यमान सम्झौताको दोस्रो चरण कार्यान्वयन गर्नु मात्रै अगाडि बढ्ने तर्क गरेको छ ।

इजरायल र हमासबीच जनवरी १९ देखि लागु भएको गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको छ ।

हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गर्‍यो, जसमा लगभग १२ सय मानिसहरू मारिए र अन्य २५१ मानिसहरूलाई बन्धक बनाइएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro