site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से सीईओका लागि आवेदन दिने अवधि थप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिने म्याद थप भएको छ । नेप्सेको सीईओ नियुक्तिका निम्ति गठित सिफारिस समितिले यही फागुन २५ गतेसम्मका लागि म्याद थप गरेको हो ।

पहिलोपटक फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदन दिने मिति तोकिएको थियो । तर, गएको हप्ता तीन दिन सार्वजनिक बिदा परेकाले आवेदन दिने म्याद थप गरिएको समितिले जनाएको छ । इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सह–सचिव सेवन्तक पोखरेल संयोजक छन् । सदस्यमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।  

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro