site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।

यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्ने गरेको छ । एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विशाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।

यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । एनसेल सधैँ कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरूअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा रु. ३२० अर्बभन्दा बढी राजस्व राज्यलाई योगदान गरेको छ र यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्बभन्दा बढीका परियोजनाहरू सञ्चालन गरी आर्थिक सामाजिक विकासमा योगदान गरेको छ । एनसेल नेपालको आर्थिक, सामाजिक र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro