site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको उत्तराखण्डस्थित चमोलीमा हिमपहिरो : ४१ कामदार फसे, १६ को उद्धार

काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ कामदार फसेका छन् । यद्यपि, १६ कामदारको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । अझै ४१ कामदार अलपत्र छन् ।

शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो ।

यसअघि चमोली जिल्ला मजिस्ट्रेट सन्दीप तिवारीले मिडियालाई भनेका थिए, “माना गाउँ र माना पास बीचको सीमा सडक नजिकै हिमपहिरो गएको रिपोर्ट आएको छ ।”

उनले थप स्पष्ट पार्दै भने, “घटनास्थल नजिकै सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ कामदारहरू रहेको थाहा भएको छ । घटनामा मानवीय क्षतिको बारेमा हालसम्म कुनै जानकारी छैन ।”

सेनाको टोली उद्धारको लागि घटनास्थलमा पठाइएको छ । “त्यहाँ पानी परिरहेको छ र हिउँ परिरहेको छ । त्यसैले, हामी हेलिकप्टर प्रयोग गर्न सकेका छैनौँ,” डीएम तिवारीले भने । बीबीसी हिन्दी

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro