site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
करिब ७ सेकेन्ड हल्लाएको थियो भूकम्पले 

काठमाडौं । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्प निकै लामो समय महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार करिब ७ सेकेन्ड लामो समयसम्म भूकम्पले हल्लाएको छ । 

“आजको भूकम्प मान्छेले महसुस गर्नेगरी करिब ७ सेकेन्ड लामो समयसम्म गएको छ,” भूकम्पविद् भरत कोइराला बाह्रखरीसँग भन्छन्, “हामीले वेभ अध्ययन गर्दा भने निकै लामो समयसम्म जमिन हल्लिरहेको हुन्छ । मान्छेले महसुस नगर्नेगरी १०/१२ मिनेटसम्म जमिन हल्लिरहेको हुन्छ ।” 

राति २ : ५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यो नयाँ भूकम्प नभएर गोरखा भूकम्पको परकम्प भएको भूकम्पविद् कोइराला बताउँछन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro