site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा सुक्खा पहिरो जाँदा एकजनाको मृत्यु
सांकेतिक तस्बिर ।

काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, कानाकोटमा बिहीबार एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । 

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रोतलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ का ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सुक्खा पहिरोले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro