site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साढे तीन किलो सुनसहित विमानस्थलबाट चारजना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलोभन्दा बढी सुन बरामद गरेको छ । 

गएराति चारजना उज्वेकिस्तानका नागरिकसहित तीन किलो ७४५ ग्राम सुन बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

मलद्वारमा लुकाएर ल्याएको उक्त सुन बरामद गरिएको हो । पक्राउ पर्नेमा ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीया मारिफालिभा लिलफुजा र ४१ वर्षका तुरसुनोभ सारदोर छन् ।

घटनाबारे थप अनुसन्धानका  लागि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाउने तयारी भइरहेको  प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro