site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालको अधिकार एक इन्च कटौती हुँदैन, अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने गरी विधेयक ल्याइएको जिकिर गरेका छन् । बिहीबार काठमाडौंमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने विषय भने स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, परिवार छिन्नभिन्न बनाइदिने, जिन्दगी बदनाम, अविश्वास फैलाउने, भ्रम छरिदिनेलगायत विषय नियन्त्रण गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए ।

“...सामाजिक मर्यादाहरू सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बदनाम गरिदिने, अविश्वास फैलाइदिने, भ्रम छरिदिने यसप्रकारका कामहरू छन्, ती नियन्त्रण हुनुपर्छ,” उनले भने, “यस्ता कुराहरू छोड्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले अपराध नियन्त्रण हुनुपर्छ भनेर लाग्दा विरोध गर्नु आफैँमा स्तरहीन तर्क रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro