site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले फिर्ता गर्‍यो चार बन्धकको शव (नामसहित)

काठमाडौं । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक र कैदीहरूको यो अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकको शव अझै पहिचान हुन सकेको छैन ।

तर, हमासले उनीहरूको नाम सार्वजनिक गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीय इत्जिक अलग रात समावेश छन् ।

उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro