site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६ वटा प्रदेशमा वर्षा, पाँचवटामा हिमपातको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार सातवटै प्रदेशमा आंशिक बदली रहँदा ६ वटा प्रदेशमा हल्का वर्षा हुनेछ । मधेसबाहेकका सबै प्रदेशमा हल्का वर्षा हुनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro