site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महाशिवरात्रिमा 'शंकास्पद गतिविधि' गर्ने ८० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले शिवरात्रिमा शंकास्पद गतिविधि गरेको आरोपमा ८० जनालाई पशुपतिनाथ क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

निगरानीका क्रममा अवाञ्छनीय गतिविधि गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

‘‘अभद्र व्यवहार गर्ने, विगतमा राम्रो काम नगरेका ८० जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ,’’ एसपी बोहोराले भने । 

प्रहरीले मंगलबारदेखि नै शंकास्पद व्यक्तिहरूको निगरानी गरिरहेको थियो । प्रहरीले घटनाको प्रकृति हेरेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro