site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडी हाई–टेक विक काठमाडौंमा, ‘शक्तिशाली’ गाडी र प्रविधिको विशेष प्रदर्शनी

काठमाडौं । विश्वकै प्रमुखमध्येको विद्युतीय सवारी निर्माता बीवाईडीले काठमाडौंमा हाई–टेक विक आयोजना गरेको छ । फागुन १५ देखि १८ गतेसम्म बीवाईडी हाइ–टेक विक चल्ने छ ।

काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटेल परिसरमा आयोजना गरिएको कार्यक्रममा बीवाईडीका शक्तिशाली गाडी र कम्पनीको अत्याधुनिक प्रविधि प्रदर्शनीमा राखिएको छ ।

नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यो कार्यक्रमले इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने जनाएको छ ।

हाइ–टेक विक घोषणासम्बन्धी कार्यक्रममा बुधबार साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यो महत्त्वपूर्ण इभेन्ट हुने बताइन् । बीवाईडीका गाडीको प्रविधि, गुणस्तर र दिगोपनालाई हाइ–टेक विकले झल्काउने उनले बताइन् ।

BYED-(7)-1740566374.jpg
विश्वकै अत्याधुनिक बीवाईडीको प्योर ईभी–प्लेटफर्म ३.० र ई४मा बनेका गाडीहरू पनि इभेन्टमा अनुभवन गर्न सकिन्छ ।

जसमा बीवाईडीको डेन्जा डी९ मल्टिप्रपज भेहिकल र हाइब्रिड अफरोड नेक्स्ट–जेन लक्जरी स्मार्ट पिअप बीवाईडी सार्क ६ छ ।

यस्तै, बीवाईडीले टेक्नोलोजि मार्भल भनेको डेन्जा जेड९ जीटी, डीएमओ सुपर हाइब्रिड अफरोकड प्लेटफर्मको बाओ ५ गाडी, कार्यक्रममा बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ) र डिसस–पी एवं ई४ प्लेटफर्मको फ्युचर अफ इन्टेलिजेन्ट सस्पेन्सन गाडी याङवाङ यू८ गाडी प्रदर्शनीमा छन् । 

एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिबारे लाइभ जानकारी मिल्छ ।

यस्तै, चारदिने हाइ–टेक विकमा पर्फमेन्स र सस्टेनेबिलिटीका लागि चिनिइरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने नेक्स्ट–जेन भेइकलहरू पनि प्रदर्शनीमा छन् ।

स्मार्ट मोबिलिटीको भविष्य झल्काउने रियल–टाइम टेक्नोलोजी डेमो पनि इभेन्टमा छ ।

BYED-(3)-1740566372.jpg
यस्तै, पछिल्लो समयको ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्यबारे उद्योग लिडर, इन्जिनियर तथा सस्टेनेबिलिटी एड्भोकेटसँग एक्सपर्ट टक एवं प्यानल डिस्कसन कार्यक्रम पनि हाइ–टेक विकमा छ ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

BYED-(8)-1740566374.jpg

BYED-(5)-1740566373.jpg

BYED-(4)-1740566372.jpg

BYED-(1)-1740566371.jpg

BYED-(2)-1740566371.jpg

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro