site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा दुई सातामा चिसोका कारण ६ बालबालिकाको मृत्यु 
फाइल तस्बिर ।

काठमाडौं । गाजामा विगत दुई हप्तामा चिसोका कारण ६ बालबालिकाको मृत्यु भएको प्यालेस्टाइनका चिकित्सक र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी गाजा सहरको पेसेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी अस्पतालका डाक्टरहरूले चिसोका कारण नवजात शिशुलाई भर्ना गरिएको बताएका छन् । जसमध्ये पाँचजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । त्यस्तै, दक्षिणी सहर खान युनिसनजिकै राति चिसोका कारण आफ्नी दुई महिनाकी छोरीको मृत्यु भएको एक परिवारले जनाएको छ ।

पीएफबीएसअस्पतालले पाल र अस्थायी आश्रयहरूमा बस्ने अनुमानित साढे नौ लाख विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान्स र इन्धनको तत्काल आपूर्ति गर्न आह्वान गरेको छ ।

हमासले इजरायलले पाँच साताअघि सुरु भएको युद्धविरामको अवधिमा तोकिएको मात्रामा पाल र अन्य आश्रय सामग्री उपलब्ध गराउन नदिएको आरोप लगाएको छ । यद्यपि, इजरायलले हमासको यो आरोप अस्वीकार गर्दै आएको छ ।

इजरायल र हमासबीचको १६ महिनाको युद्धमा धेरै विस्थापित छन् । यस क्षेत्रका करिब ७० प्रतिशत भवन ध्वस्त भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro