site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महाशिवरात्रि : बिहान १० बजेसम्म डेढ लाख दर्शनार्थीले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रि पर्व बुधबार काठमाडौंको पशुपतिनाथसहित विभिन्न मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान २ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । बिहान १० बजेसम्म करिब डेढ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान १० बजेसम्म डेढ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको जानकारी दिए । 

२ बजेदेखि नै लाइन बस्नुपरेकाले चारै ढोकामा दर्शनार्थीहरू घण्टौसम्म लाइन बस्नुपरेको छ । “बिहान १० बजेसम्ममा डेढ लाख दर्शनार्थीले दर्शन गरे । अहिले झनै दर्शनार्थीहरूको चाप बढेको छ,” उनले भने ।

साँझ ६ बजेसम्म दर्शनार्थीहरूले दर्शन गर्न पाउनेछन् । दर्शनार्थीहरूको सुरक्षाको लागि करिब पाँच हजार सुरक्षाकर्मीहरू तैनाथ रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए ।  

आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्दै जाने उनले बताए । कोषले यसवर्षको शिवरात्रिको सबै व्यवस्थापनको लागि डेढ करोड रुपैयाँ खर्च गरेको थियो । प्रयागराज महाकुम्भमा स्नान गरेर करिब तीन हजार ५०० साधुसन्त पशुपतिनाथ आइपुगेका छन् । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro