site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ७.१३ अंकले बढेर २,७६५.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, नेप्से बढे पनि कारोबार रकममा कमी आएको छ ।

आज नौ अर्ब ९० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार ११ अर्ब आठ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज १०४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १३२ कम्पनीको सेयरमूल्य घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर छ । गार्डेन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर ९४४ रुपैयाँ कायम भएको छ । नेपाल ल्युवआयलको सेयरमूल्य प्रतिकित्ता ९.९७ प्रतिशतले वृद्धि भएर २७६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.९७ प्रतिशतले घटेर तीन हजार ४४० रुपैयाँ कायम भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro