site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
मार्च ३ मा क्यानबेरामा प्रस्तुति दिँदै नेपथ्य

क्यानबेरा । नेपथ्य ब्यान्डले आगामी मार्च ३ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सांगीतिक प्रस्तुति दिने भएको छ । नेपथ्यले क्यानबेराको नेसनल कन्भेन्सन सेन्टरमा प्रस्तुति दिन लागेको हो ।

आयोजकका प्रदीप पाठकले कुनै पनि नेपाली सांगीतिक समूहले नेसनल कन्भेन्सन सेन्टरमा कार्यक्रम गरेको यो नै पहिलो भएको दाबी गरे ।

"हामीले नेपथ्य र अमृत गुरुङजस्ता श्रष्टाहरूको सम्मानमा पनि आयोजनास्थल भव्य हुनुपर्छ भन्ने मान्यताका साथ नेसनल कन्भेन्सन सेन्टरलाई रोजेका हौँ," पाठकले भने ।

अस्ट्रेलिया भ्रमणको दौरानमा नेपथ्यले सात सहरमा सांगीतिक प्रस्तुति दिने तय भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro