site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन–रुस युद्धमा संयुक्त राष्ट्रसंघको प्रस्तावमा रुसलाई अमेरिकाको समर्थन 

काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुने समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको छ । प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा भाग लिएनन् ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलोपटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ ।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देश छन् ।

अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेनसँगको रूसको युद्धको तीन वर्ष पूरा भएकाे दिन आएको हो ।

संयुक्त राष्ट्रसंघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन् । बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro