site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अण्डाको मूल्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । अण्डाको मूल्य बढेको छ । आजैदेखि लागु हुने गरी मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को ३९०, ठूलो अण्डा ४१० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य ४२५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट ३५०, ठूलो अण्डा ३७० र एक्स–एल अण्डा प्रतिक्रेट ३८५ रहेको थियो । यो फार्म मूल्य हो ।

बजारमा अण्डाको माग बढेको र लागत समेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro