site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीशको नक्कली अकाउन्टबाट क्रिप्टोको प्रचार, साइबर ब्युरोले थाल्यो अनुसन्धान

काठमाडौं । सामाजिक सञ्जाल एक्समा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाममा नक्कली अकाउन्ट बनाएर क्रिप्टोकरेन्सीको प्रचार गरिएको छ ।

सुप्रिमकोर्टएनपी युजर नेममा एमआर प्रकाश नेपाल नामको अकाउन्ट बनाएर प्रधानन्यायाधीशको फोटो राखिएको छ । यसै महिना फेब्रुअरी २०२५ मा खोलिएको उक्त अकाउन्ट नक्कली भएको सर्वोच्च अदालतले जनाएको छ ।

आइतबार नै सर्वोच्चले एक विज्ञप्ति जारी गर्दै उक्त अकाउन्ट नक्कली भएको बताएको छ । उक्त अकाउन्टमा लेखिएको कुरामा गम्भीर ध्यानाकर्षण भएको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ । “सम्माननीय प्रधानन्यायाधीशज्यूको ट्विटर (एक्स) अकाउन्ट नभएको व्यहोरा अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

नक्कली रूपमा बनेको उक्त ट्विटर अकाउन्टबाट हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्विट एवं सेयर गरी सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधानन्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपकराज अवस्थीले यो अकाउन्ट कहाँबाट कसले बनायो भनेर अनुसन्धान भइरहेको बताएका छन् ।

उनले प्रधानन्यायाधीशको एक्समा अकाउन्ट नै नभएको बताए । “त्यो इम्परसोनेट अकाउन्ट हो, कसले बनायो भनेर अनुसन्धान भइरहेको छ,” अवस्थीले भने ।

उक्त अकाउन्ट भेरिफाइड समेत गरिएको छ । भेरिफाइ गरिएको टिक मार्कको रङ एक्सले सरकारी अधिकारीहरूलाई उपलब्ध गराउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro