site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सालकको खपेटासहित चारजना पक्राउ

काठमाडौं । सालकको खपेटासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ४८ वर्षीय कुवेरबहादुर स्याङ्तान, नुवाकोटका ४० वर्षीय सन्तबहादुर गुरुङ, ओखलढुंगाका २८ वर्षीय राजु विश्वकर्मा र सुनसरीका ४२ वर्षीय मदन राई छन् । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, चामुण्डा चोकबाट सालकको खपेटा आठ किलो ५०० ग्रामसहित शनिबार (फागुन १०) उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro