site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जर्मनीमा कन्जरभेटिभ पार्टीको जित, युरोपेली देशका नेताहरूले के भने ? 

काठमाडौं । जर्मनीमा भएको आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको संसद्मा सबैभन्दा ठूलो दल बनेको छ । यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको छ ।

जर्मनीमा सीडीयूरसीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आज आफ्नो पार्टीले उत्सव मनाइरहेको र अबका दिनमा काम गर्ने बताएका छन् । 

चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा आएको छ ।

नतिजा आएसँगै युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ ।

बेलायती प्रधानमन्त्री किएर स्टारमरले भने, “म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र हाम्रा दुई देशबीचको पहिले नै बलियो सम्बन्धलाई अझ बलियो बनाउन तयार छु ।” 

उनले बेलायत र जर्मनीले दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिकलाई बधाई दिएका छन् । उनले बलियो युरोपको लागि मिलेर काम गर्ने बताएका छन् । बीबीसी
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro