site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको सीईओ नियुक्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन भएको छ । नेप्सेको सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा.खोमराज खरेल छन् ।

नेप्सेका तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल गएको माघ २५ गते सकिएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro