site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इटालीकी प्रधानमन्त्रीले भनिन्– ट्रम्प, मेलोनी वा मोदी लोकतन्त्रका लागि खतरा भनिन्छ तर...

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनीले वासिंगटन डीसीमा सीपीएसी सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

सम्बोधनका क्रममा उनले विश्वका वामपन्थी नेताहरूलाई लक्षित गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् ।

“हाम्रो सरकार इटालीलाई अन्तर्राष्ट्रिय जगतमा राम्रो स्थान दिन अथक प्रयास गरिरहेको छ,” उनले भनिन्, “हामी इटालीलाई सुधार र आधुनिकीकरण गर्दैछौँ, ताकि हामी फेरि एकपटक विश्व नेताको रूपमा विश्वमा हाम्रो भूमिका स्थापित गर्न सकौँ । हाम्रो लक्ष्य भनेको एकपटक फेरि संसारलाई चकित पार्ने इटाली बनाउनु हो ।”

ट्रम्पको जितका कारण वामपन्थीहरू चिन्तित भएको उनले बताइन् । वमापन्थीहरूको रिस अहिले उन्मादमा परिणत भएको समेत उनले जनाइन् । यस्तो कन्जरभेटिवहरुले जितेको कारण नभई विश्वव्यापीस्तरमा कन्जरभेटिव एकसाथ आउँदै गरेको कारण भएको दाबी उनले गरिन् ।

“जब बिल क्लिन्टन र टोनी ब्लेयरले १९९० को दशकमा ग्लोबल लेफ्टिस्ट लिबरल नेटवर्क सिर्जना गरे, उनीहरूलाई स्टेट्सम्यान भनिन्थ्यो,” मेलोनीले भनिन्, “आज, जब ट्रम्प, मेलोनी, मिल्ली (अर्जेन्टिनाका राष्ट्रपति) वा मोदी कुराकानी गर्छन्, उनीहरूलाई लोकतन्त्रको लागि खतराको रूपमा वर्णन गरिन्छ,” उनले भनेकी छन् ।

उनले थप स्पष्ट पार्दै अगाडि भनिन् “यी दोहोरो मापदण्ड हुन् र हामी तिनीहरूसँग अभ्यस्त भइसकेका छौँ । खुसीको खबर यो छ कि मानिसहरू अब उनीहरूको झुटमा विश्वास गर्दैनन् । जनताले हामीलाई मतदान गरिरहेका छन् ।” बीबीसी

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro