site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुक्तिनाथमा ‘वर्षको पहिलो’ हिमपात
तस्बिर : सुशीलबाबु थकाली/रासस ।

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । शनिबार (फागुन १०) दिउँसो र राति पनि हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुप्रसाद भुसालले जानकारी दिए ।

यसलाई वर्षको पहिलो हिमपात भन्न सकिने उनले बताए । यो वर्ष देखिने गरी शनिबार पहिलोपटक हिमपात भएको उनको भनाइ छ ।

सदरमुकाम जोमसोमदेखि केही माथिल्लो भूभागसम्म हिउँ परेको उनले बताए । शनिबार माथिल्लो क्षेत्रमा हिउँ र तल सामान्य वर्षा भएको उनले जानकारी दिए ।

“जोमसोम नजिकका डाँडा आसपाससम्म हिउँ देखियो,” उनले बाह्रखरीसित भने, “यसरी हिउँ परेको यो वर्ष पहिलो हो ।”

हिन्दु र बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । उक्त क्षेत्रमा पातलो हिमपात भएको सीडीओ भुसालले बताए ।

“मुक्तिनाथ मन्दिर र आसपास पातलो हिमपात भएको छ,” उनले भने, “त्योभन्दा माथिल्ला डाँडामा बाक्लो हिउँ परेको छ, यहीँ (जोमसोम)बाट देखिन्छ । डाँडा सेतै देखिएको छ ।”

मुस्ताङमा आज पनि बादल लागेको उनले बताए ।

himpat-muktinath2-1740296578.jpg
मुस्ताङबाट राससकर्मी सुशीलबाबु थकालीले पठाएको तस्बिरमा मुक्तिनाथ क्षेत्रमा हिमपात भएको देखिएको छ । मुक्तिनाथ क्षेत्र हिउँले सेताम्मे देखिएको त्यसमा उल्लेख छ ।

आइतबार मुस्ताङ प्रवेश गरेका आन्तरिक र बाह्य पर्यटक हिउँमा रमाउन पाउँदा खुसी भएका पनि राससमा जनाइएको छ । “साथै, मुक्तिनाथ व्यवस्थापन समितिले पर्यटकको सुरक्षा र व्यवस्थापनका निम्ति सक्रियता देखाएको छ,” राससमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro