site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले रिहा गर्‍यो थप ६ बन्धक

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार ६ बन्धक रिहा गरेको छ । गाजामा इजरायल र हमासबीचको युद्धविराम सम्झौताअन्तर्गत उनीहरूलाई रिहा गरिएको हो ।

हमासको नियन्त्रणबाट मुक्त हुनेमा हिशाम अल–सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मंगिस्टु र ताल शोहम छन् । सर्त अनुसार, बदलामा इजरायलले आफ्नो जेलमा रहेका ६०२ प्यालेस्टाइनी बन्दी रिहा गर्नेछ ।

इजरायल र हमासबीचको सम्झौता तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीको सट्टामा हमासद्वारा बन्धक रिहा गरिनेछ ।

त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट फिर्ता हुने र अन्तिम चरणमा त्यहाँको पुनर्निर्माणको काम गरिनेछ । बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro