site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा रोलरको ठक्करबाट मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–१३, पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका–५ का ५५ वर्षीय साने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौंकै नागार्जुन नगरपालिका–१०, स्युचाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार, पक्राउ गरी आजै (फागुन ९) थप अनुसन्धान तथा कारबाहीका निम्ति गुरुङलाई प्रहरी वृत्त कालीमाटीमा पठाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro