site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा घट्यो वायु प्रदूषण, पोखरा अझै अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण केही कम भएको छ । बिहीबार उपत्यकाका चार स्थान अस्वस्थकर रहेकामा शुक्रबार निश्चित वर्गका निम्ति मात्रै असर पुर्‍याउने तहमा झरेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी र भक्तपुरको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १६२ देखि १६८ सम्म पुगेको थियो । शुक्रबार दिउँसो १ः३० बजे ती स्थानको एक्यूआई घटेर ११९ देखि १३२ सम्म मापन भएको छ ।

आज पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेर ३५.४ माइक्रोग्राम प्रतिघनमिटर छ । बिहीबार राति शंखपार्कमा पीएम २.५ को मात्रा ९७ सम्म पुगेको थियो ।

शुक्रबार सोही सयममा पोखरा भने सर्वाधिक प्रदूषित छ । त्यहाँको एक्यूआई १७४ र पीएम २.५ को मात्रा १२०.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । 

वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro