site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन (फागुन ८) झिनो अंकले बढेर बन्द भएको छ । नेप्से ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से झिनो अंकले बढेपछि कारोबार रकममा कमी आएको छ । आठ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको मंगलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

बिहीबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ । १५८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गार्डेन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०९ रुपैयाँ ३० पैसा कायम भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता तीन हजार ९५० रुपैयाँ कायम छ ।

बाराही हाइड्रोपावरको सेयर मूल्य ८.३५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार १४१ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ मध्ये जीवन बिमा, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ३.७७ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro