site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचपीभी खोप अभियान : कति बालिकाले लगाए खोप ? 

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानअन्तरगत लक्षितमध्ये ९२ प्रतिशत बालिकाले खोप लगाएका छन् । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सरकारले चलाएको अभियानमा १४ लाख ४० हजार बालिकाले खोप लगाएका छन् ।
 
दुई सातामा १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७६८ बालिकालाई एचपीभी खोप दिने लक्ष्य रहेकोमा चार जिल्लामा अभियान सञ्चालन हुन सकेको छैन ।
 
हिमपातका कारण हुम्ला, डोल्पा, मनाङ र मुस्ताङ खोप अभियान सञ्चालन हुन सकेन । ती जिल्लामा फागुन तेस्रो र चौथो साता खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro