site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढीमा तास खेलिरहेका चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा तास खेलिरहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का ३५ वर्षीय अवनिश सिंहसहितका व्यक्तिहरू छन् ।

धनगढी–२, बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बुधबार (फागुन ८) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद १९ हजार ३२५ रुपैयाँ, दुई बुक तास र दुईथान मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro