site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय अर्बपति सुनील मित्तलले बेचे एयरटेलको पाँच करोड कित्ता सेयर

काठमाडौं । भारतीय अर्बपति सुनील मित्तलको कम्पनी भारती एयरटेलले ९७ करोड ६० लाख अमेरिकी डलरबराबरको सेयर बिक्री गरेको छ । इन्डियन कन्टिनेन्टल इन्भेस्टमेन्टले भारतीय एयरटेलको ०.८ प्रतिशत अर्थात् पाँच करोड दश लाख कित्ता सेयर बिक्री गरेको हो ।

एयरटेल भारतको दोस्रो ठूलो मोबाइल क्यारियर कम्पनी हो । यसका संस्थापक पनि मित्तल नै हुन् । इन्डियन कन्टिनेन्टल इन्भेस्टमेन्ट पनि उनकै कम्पनी हो ।

उक्त सेयर प्रतिकित्ता एक हजार ६६० भारतीय रुपैयाँमा कम्पनीले बिक्री गरेको हो । सोमबार भारतीय एयरटेलको सेयर मूल्य अधिकतम एक हजार ६७५.६ भारतीय रुपैयाँ थियो ।

यससँगै भारती एयरटेल वा मित्तलसँग एयरटेलको ४०.५ प्रतिशत हिस्सा बचेको छ ।

मित्तलले भारत बाहिर आफ्नो व्यवसाय विस्तार गरिरहेका बेला एयरटेलमा रहेको सेयर बिक्री गरेका हुन् । उनको समूहले बेलायतमा आधारित स्याटेलाइट इन्टरनेट कम्पनी वानवेबमा पनि लगानी गरेको छ । यसले विश्वकै धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कको स्टारिलिंकसँग प्रतिस्पर्धा गर्छ ।

गत वर्ष भारती इन्टरप्राइजेज अन्तर्गतको एक कम्पनीले बेलायती टेलिकम बीटी ग्रुपको २४.५ प्रतिशत हिस्सा किनेको थियो ।

दक्षिण एसिया र अफ्रिकामा ५५ करोडभन्दा बढी ग्राहक रहेका भारती एयरटेलले भारतका धनाढ्य अनिल अम्बानीको रिलायन्स जियो इन्फोकम र अर्बपति कुमार बिर्लाको भोडाफोन आइडियासँग प्रतिस्पर्धा गर्छ ।

सन् २०२२ मा गुगलले भारती एयरटेलमा एक अर्ब डलर लगानीको घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro